03:07AM
असार ९ गते २०८३

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने

कार्तिक १ गते २०८२
6:56 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डाै । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठक सकिएको छ । असोज २८ गतेदेखि प्रारम्भ भएको बैठकमा १० वटा विभिन्न प्रस्तावहरूमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ र भरतकुमार शाहले धारणा राखेका छन् ।

रिप्लाई गर्नुहोस