09:28PM
कार्तिक ९ गते २०८२

राष्ट्रिय मुक्ति पार्टी नेपालले छठ पर्वको मुख्य दुई दिन बिदा घोषणा गर्न सरकारसँग माग

कार्तिक ९ गते २०८२
6:18 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले राष्ट्रव्यापी रूपमा मनाइने गरेको छठ पर्वको मुख्य दुई दिन राष्ट्रिय बिदा घोषणा गर्न सरकारसँग माग गरेको छ। पार्टीका प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठले शनिबार जारी गरेको विज्ञप्तिमा छठ केवल धार्मिक अनुष्ठान नभई प्रकृति, संस्कृति र मानव जीवन बिचको गहिरो संवाद भएको उल्लेख गर्दै राज्यले यस पर्वप्रति देखाएको उपेक्षाप्रति आपत्ति जनाइएको छ ।विज्ञप्तिमा भनिएको छ, चार दिनसम्म मनाइने छठ पर्वका लागि राज्यले एक दिन मात्र राष्ट्रिय बिदा दिँदै आएको छ । त्यो पनि मधेश आन्दोलनपछि दबाबका कारण प्राप्त अधिकार हो, आत्मस्वीकृत सम्मान होइन । स्वदेशवादी दृष्टिले यो अन्यायपूर्ण व्यवहार हो ।

प्रवक्ता श्रेष्ठले नेपाल बहुसांस्कृतिक र बहुलराष्ट्र राज्य भएकाले सबै समुदायका आस्था र संस्कृतिलाई समान सम्मान र अवसर दिनु नै राष्ट्रिय एकताको वास्तविक पहिचान भएको उल्लेख गरेका छन् । उनले छठ पर्वका मुख्य दुई दिन सन्ध्या अर्घ्य र बिहानको अर्घ्यलाई राष्ट्रिय बिदाको रूपमा मान्यता दिन सरकारसँग माग गरेका छन् । उनका अनुसार छठ पर्व मधेसको सभ्यता, संस्कृति र जीवनदर्शनसँग गहिरो रूपमा जोडिएको पर्व छ, जहाँ श्रम र श्रद्धा, प्रकृति र संस्कृति, साधना र सामूहिकता एकाकार हुन्छन् । नदी र सूर्यको आराधना केवल धार्मिक विधि नभई प्रकृतिप्रति आभार र सहअस्तित्वको उद्घोष पनि हो ।

रिप्लाई गर्नुहोस