02:34AM
असार ३ गते २०८२

आरजु राणासँग आज बिमस्टेकका महासचिव इन्द्रमणि बिच शिष्टाचार भेटवार्ता

जेठ ४ गते २०८२
8:06 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग आज बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेटवार्ता गरेका छन् । सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगेका महासचिव पाण्डेले मन्त्री डा। राणासँग साइडलाइन भेटवार्ता गरेका हुन् । भेटका क्रममा मन्त्री राणाले विमस्टेकका उद्देश्य र सिद्धान्तप्रतिको नेपालको प्रतिबद्धता दोहोर्‍याएकी थिइन् । साथै, नेपाल र बिमस्टेकबिच जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयका विषयमा पनि गम्भीर छलफल भएको थियो।

त्यसैगरी, किर्गीस्तानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आजै मन्त्री डा। राणासँग शिष्टाचार भेट गरेका छन् । सगरमाथा संवादमा भाग लिन नेपालमा रहेका कामेलोभाले राजधानीस्थित होटल सोल्टीमा मन्त्री राणासँग भेट गरेका हुन् । भेटका क्रममा मन्त्री राणाले कामेलोभालाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै नेपाल–किर्गिस्तान द्विपक्षीय सम्बन्ध विस्तारको सम्भावनाबारे चर्चा गरे । पर्यटन, कृषि, जलविद्युतलगायतका क्षेत्रमा दुवै देशबिच सहकार्यका नयाँ आयामहरू पहिचान गर्न सकिने विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

रिप्लाई गर्नुहोस