01:55AM
जेठ ११ गते २०८२

माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान जेठ २ गतेबाट सञ्चालन गर्ने

वैशाख २१ गते २०८२
5:37 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने भएको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले आगामी जेठ २ गतेबाट अभियान सुरु गर्ने निर्णय लिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यस्तै, बैठकले बैठकले हालै सम्पन्न ‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ को समीक्षा पनि गरेको छ । सो अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको निष्कर्ष पार्टीले निकालेको छ ।

रिप्लाई गर्नुहोस