08:36AM
जेठ १ गते २०८२

नेपालले जुन ५ मा हङकङसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

वैशाख १० गते २०८२
8:27 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सामाजिक सञ्जालमार्फत नेपाली टिमले फिफा जुन विन्डोमा हङकङविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने जनाएको हो । खेल हङकङमै जुन ५ मा हुनेछ ।

फिफा वरीयतामा हङकङ नेपालभन्दा २२ स्थान माथि छ । फिफाको वरीयताअनुसार हङकङ १५३औँ र नेपाल १७५औँ स्थानमा छन् । यसअघि, नेपालले फेब्रुअरी विन्डोमा सिंगापुरविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

रिप्लाई गर्नुहोस