12:55AM
जेठ ११ गते २०८२

झलनाथ खनालले शिक्षक आन्दोलनमा ऐक्यबद्धता

वैशाख ४ गते २०८२
6:42 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । बिहीबार बानेश्वर पुगेर शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । उनले शिक्षकका जायज माग सम्बोधन नगरेकोप्रति सरकारसँग आक्रोश पोखे । “शिक्षकहरूका मागहरूलाई सरकारले सुनेको नसुन्यै गरिरहेको छ । उनीहरूका जायज आन्दोलनप्रति वेवास्ता गरिरहेको छ । यस्तो अवस्थामा सम्पूर्ण न्यायप्रेमी नेपालीहरू र सच्चा क्रान्तिकारी वामपन्थी र देशभक्त जनता र शक्तिहरूको तर्फबाट म शिक्षकहरूको यो जायज र न्यायपूर्ण आन्दोलनप्रति दृढ समर्थन गर्दछु र उनीहरूको यो आन्दोलनप्रति दरो ऐक्यबद्धता प्रकट गर्दछु,” उनले भने ।

आन्दोलनरत शिक्षकहरूका मागहरूलाई अविलम्ब सम्बोधन गर्न, शिक्षा ऐन ल्याउने कुराको ग्यारेन्टी गर्न, शैक्षिक क्षेत्रका सम्पूर्ण समस्याहरू समाधान गर्न र शिक्षकहरूलाई अविलम्ब आ–आफ्ना विद्यालयमा फर्केर नियमित पठनपाठनमा संलग्न हुने सहज वातावरण तयार पार्न समेत सरकारसँग माग गरे ।

रिप्लाई गर्नुहोस