दुर्गा प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने

काठमाडौं । काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार भएका दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार चैत २८ भारतको असाम प्रहरीको सम्पर्कमा पुगेका प्रसाईंलाई शुक्रबार चैत २९ झापा हुँदै काठमाडौं ल्याउन लागिएको छ । नेपाल–भारतबीच सुर्पदुगी सन्धि नभएका कारण प्रसाईंलाई असाम प्रहरीले नियन्त्रणमा लिएर बिहीबार नेपाली पक्षलाई बुझाउन सकेको थिएन । शुक्रबार भने नेपाल प्रहरीले झापाको नाकाबाट पक्राउ गर्ने गरी वातावरण मिलाइएको हो । उनलाई विमानमार्फत काठमाडौैं ल्याइँदै छ ।
प्रसाईं झापा आइपुगेको र काठमाडौं पठाउने तयारी भएको झापा प्रहरी स्रोतले जानकारी दिएको छ । यही चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका ‘कमान्डर’ थिए, प्रसाईं । प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।
