राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक बसिरहेको छ । बैठक केन्द्रीय कार्यालय बनस्थलीमा केहीबेर अघि सुरु भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार सचिवालय बैठकमा अघिल्लो बैठकको समीक्षा हुनुका साथै पार्टी गतिविधि, समसामयीक राजनीतिक घटनाक्रमका र बैशाखमा हुने भनिएको पार्टीको महाधिवेशनका बारेमा छलफल हुनेछ । यसका साथै जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य लगायत छलफलको एजेण्डा रहेको झाको भनाइ छ ।
