02:49AM
असार ३ गते २०८२

जनमत पार्टीको उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन

चैत्र २१ गते २०८१
7:18 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गरेको छ । उक्त पार्टीको केन्द्रीय अनुशासन समितिले साहलाई यसअघि ११ बुँदे स्पष्टीकरण सोधेको थियो । गत फागुन २१ मा सोधिएको स्पष्टीकरणको जवाफ साहले फागुन २७ मा दिएका थिए । जवाफ चित्त नबुझेको भन्दै अनुशासन समितिले साहलाई निलम्बन गरेको हो । साहमाथि पार्टी अध्यक्ष डा. सीके राउतको पारिवारिक मामलामा प्रहरीमा उजुरी दिन लगाएको, विरोधीले लेखेका कुरा सामाजिक सञ्जालमा सेयर गरेको, पत्रपत्रिकामा अध्यक्ष र पार्टीविरुद्ध अन्तर्वार्ता दिएको, कार्यकर्तालाई फोन र मेसेज गरेर गुटबन्दी गरेको लगायत आरोप लगाइएको छ ।

निलम्बन पत्रमा लेखिएको छ, “तपाईंले जनमत पार्टीलाई भोट नहालेको स्वीकार गर्नुभएकै छ, राष्ट्रिय उपाध्यक्षको पदमा बसेर जनमत पार्टीलाई भोट नहाल्नु अक्षम्य अपराध हो ।” साहले विभिन्न ठाउँमा अध्यक्षलाई हटाउन लबी गर्ने अक्षम्य अपराध गरेको निलम्बनपत्रमा उल्लेख छ

रिप्लाई गर्नुहोस