12:46AM
जेठ ११ गते २०८२

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन

चैत्र १८ गते २०८१
1:50 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ । लामो समयदेखि अस्वस्थ उहाँको काठमाण्डौको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाले जनाएको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा विजयी हुनुभएका बोहोरा पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।
बोहरालाई घाँटीमा क्यान्सर भएको थियो । उहाँले चुनावको बेलामा पनि नबोलेरै निर्वाचित हुनुभएको थियो । संसद् बैठकमा पनि बोल्न नसकेर उहाँले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गर्नुभएको थियो ।

रिप्लाई गर्नुहोस