01:40AM
असार ३ गते २०८२

पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे

चैत्र १७ गते २०८१
7:05 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । चैत १५ गतेको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । बालुवाटारमा सोमबार भएको भेटमा प्रधानमन्त्री ओलीले अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दैै परिवारमा समवेदना व्यक्त गरे ।

ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने प्रक्रिया सुरु भएको बताए । प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गरे । उनले सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिनेसमेत बताए ।

रिप्लाई गर्नुहोस