01:32PM
श्रावण ४ गते २०८२

रवीन्द्र मिश्रलाई हत्कडी लगाएर अदालत लगियो

चैत्र १६ गते २०८१
6:55 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई हत्कडी लगाएर अदालत लगिएको छ । शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनलाई हत्कडी लगाएर अदालत लगिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार उनीसहित पक्राउ परेकाहरूलाई अदालतमा म्याद थपका लागि उपस्थित गराएका हो ।

उनलाई हत्कडीसहित अदालत लगिएको भन्दै राप्रपाले आक्रोश पोखेको छ ।राप्रपाका महामन्त्री शरदराज पाठकले फेसबुकमा लेखेका छन्, ‘राजनीतिक नेतालाई हतकडी लगायौ। याद राख्नेछौँ। याद राख्नेछौँ।’

रिप्लाई गर्नुहोस