08:37AM
वैशाख १५ गते २०८२

जनता समाजवादी पार्टी नेपालले परिसङ्घ गठन गर्ने

चैत्र १४ गते २०८१
8:13 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले परिसङ्घ गठन गर्ने भएको छ । नेपालको संविधान, कानुन र अन्तर्राष्ट्रिय महासन्धिसमेतले निषेध गरेको लैङ्गिक तथा जातीयरराष्ट्रिय उत्पीडन तथा असमानता र विभेदलाई अन्त्य गर्न, उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व र अधिकारका साथै समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न परिसङ्घ गठन गर्न लागिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । खासगरी दलित, आदिवासी जनजाती, पिछडा वर्ग, थारु, अल्पसङ्ख्यक समुदायहरुसँग सम्बन्धित सङ्घरसङ्गठन, संस्था र व्यक्तित्वहरु सम्मिलित महासङ्घ वा परिसङ्घ गठन गरी सोको नीति, कार्यक्रम र कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिने प्रमुख बस्नेतले बताए ।

१९९७ सालदेखि हालसम्म जहाँनीया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रात्मक प्रणालीको अन्त्य भई मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली स्थापित भइसक्दा पनि सामन्तवादी उत्पीडन, वर्णवादी तथा नस्लवादी जातीय सोच, चिन्तन र अभ्यासका कारणले शोषित, उत्पीडित वर्ग र जाति र समुदायहरुमाथि अन्याय, अत्याचार, शोषण, दमनका साथै विभेद, उत्पीडन र असमानतामा खासै परिवर्तन आउन नसकेको पार्टीको ठहर छ ।

रिप्लाई गर्नुहोस