03:01PM
श्रावण ४ गते २०८२

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तित्व पुरस्कृत

चैत्र ७ गते २०८१
7:33 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्व पुरस्कृत हुनुुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको थियो ।

प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य तथा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्मान प्रदान गर्नुभएको हो । पुरस्कृत हुनेहरुमा टेलिमेडिसिनतर्फ डा छिरिङ लामा सिन्धुपाल्चोक, विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा मोरङ, कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ गोरखा, विज्ञान प्रविधितर्फ डा आभास मास्के काठमाण्डौ र हरिराम श्रेष्ठ गोरखा हुनुुहुुन्छ ।

यस्तै चिकित्सा क्षेत्रतर्फ डा. ओममूर्ति अनिल महोत्तरी, खेलकुदतर्फ सावित्रा भण्डारी ‘साम्बा’ लमजुङ, सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी भक्तपुर, समाजसेवातर्फ दिलशोभा श्रेष्ठ काठमाण्डौ र रामजी अधिकारी गोरखा पुरस्कृत हुनुुभएको छ । प्रधानमन्त्री ओलीले समाजमा सकारात्मक काम गर्नेलाई राज्य र समाजले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

रिप्लाई गर्नुहोस