10:14PM
फागुन २९ गते २०८१

स्ववियु निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसबाट अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी

फागुन २९ गते २०८१
5:10 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय त्रिवि केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचीमा अनेरास्ववियु, नेविसङ्घ, अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका क्याम्पस निर्वाचन अधिकृत प्रा. डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेविसङ्घबाट दीपकराज जोशी, अखिल क्रान्तिकारी बाट प्रवीन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थी त्रिवि बाट उज्जलबहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १ सय ४६ जना मतदाता रहेका छन् । आज बेलुकी ४ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध र फिर्ता लिने समयावधि तोकिएको तथा आजै बेलुकी ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । त्रिविले स्ववियु चुनावको प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि तोकेको छ । स्ववियु चुनावमा आउँदो चैत ५ गते त्रिविअन्तर्गतका क्याम्पसमा मतदान हुँदैछ ।

रिप्लाई गर्नुहोस