11:15PM
चैत्र १३ गते २०८१

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने

फागुन २७ गते २०८१
6:52 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्नका लागि भन्दै चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको उनले बताए । त्यसअघि चैत्र १ गते बुद्धिजीवीसँग अन्तर्क्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माले बताए । उनले देशलाई प्रतिगमनतर्फ लैजाने हरकत सह्य नहुने निष्कर्ष निकालिएको जानकारी दिए । उनले देशलाई अशान्तितर्फ ढकेल्ने घटनालाई प्रतिकार गर्नका लागि आमजनतामा अपिल गरिने बताए ।

रिप्लाई गर्नुहोस