09:35AM
फागुन २८ गते २०८१

काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ

फागुन २७ गते २०८१
2:45 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ भाड गाउँ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–२० घर भएका ३३ वर्षीय सुदन जोशीलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीबाट पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १० राउन्ड, अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट बरामद भएको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सुदनको कोठा तलासी गर्दा उक्त पेस्तोल र लागूऔषध फेला पारी सोमबार राति पक्राउ गरेको हो ।

रिप्लाई गर्नुहोस