07:00PM
चैत्र २ गते २०८१

सत्तारुढ दल नेकपा एमालेले भोलि बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी

फागुन २० गते २०८१
6:08 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले भोलि बुधबार बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछन् । अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरिएको हो ।

त्यस्तै, नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।सरकारले भूमि अध्यादेशबाहेकका ५ अध्यादेश भोलि संसद्‍मा पेस गर्दैछ । जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लैजाने भएको छ ।

रिप्लाई गर्नुहोस