पारस शाह हृदयाघात भएपछि अस्पताल भर्ना

काठमाण्डौ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना हुनुभएको छ । हृदयाघात भएपछि पूर्वयुवराज शाहलाई हिजो बेलुका थापाथलीमा रहेको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । उहाँलाई केही दिन अस्पतालमै राखिने चिकित्सकले बताएका छन् । अहिले उहाँको अवस्था खतरामुक्त रहेको छ ।
शाहलाई चौथो पटक हृदयाघात भएको हो । यसअघि उहाँलाई सन् २००७, २०१३ र २०१९ मा हृदयाघात भएको थियो ।
