06:14PM
चैत्र २ गते २०८१

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भोलि बस्दै

फागुन १७ गते २०८१
8:55 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भोलि आइतबार बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा भोलि दिउँसो २ बैठक बस्न लागेको हो । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भोलि दिउँसो २ बजेका लागि केन्द्रीय सचिवालयको बैठक बोलाइएको जानकारी आएको तर बैठकका एजेन्डाबारे कुनै जानकारी नरहेको बताए ।

‘भोलि बैठक बस्दैछ भने र खबर आएको छ । के विषयमा छलफल हुन लागेको हो भन्नेबारे कुनै जानकारी छैन,’ उपाध्यक्ष पाण्डेले भने, ‘पहिले–पहिले पनि एजेन्डाबारे जानकारी दिने गरिएको छैन, बैठक बस्न लागेको जानकारी मात्र आउँछ ।’

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भोलि दिउँसो २ बजे राखिएको जनाएको छ । बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलता लगायतका विषयमा छलफल हुन सक्ने नेताहरूले बताएका छन् ।

रिप्लाई गर्नुहोस