09:46PM
चैत्र १३ गते २०८१

आगामी निर्वाचनसम्म एमाले–कांग्रेसको सहकार्य जारी रहने :महासचिव शंकर पोखरेल

फागुन १७ गते २०८१
7:18 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान आगामी निर्वाचनसम्म एमाले–कांग्रेसको सहकार्य जारी रहने बताएका छन् । सत्तामा सहकार्य गरे पनि निर्वाचनमा एक्लाएक्लै जाने र त्यसपछिको सरकार जनमतले दिएको निर्देशनअनुसार हुने उनको भनाइ छ ।

नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशन काठमाडौंमा उद्घाटन गर्दै उनले कसैले चाहँदैमा एमाले–कांग्रेसको सहयात्रा नटुट्ने बताए । साना दलले पटकपटक राजनीतिक अस्थिरता निम्त्याएर मुलुकको विकासमा बाधा पारेपछि एमाले–कांग्रेस मिल्न बाध्य भएको महासचिव पोखरेलले बताए ।

अहिलेको सत्ता सहकार्यको मुख्य कारण अस्थिरता समाप्त गर्ने रहेको भन्दै उनले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको बताए । भविष्यमा भने जनताले मन पराएको पार्टी सरकारमा र दोस्रो ठूलो पार्टी प्रमुख प्रतिपक्षमा बस्नु पर्ने उनको भनाइ थियो । मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भीर रहेको बताएका पोखरेलले व्यावसायिक वातावरण तयार पार्न सरकारले विभिन्न अध्यादेश ल्याएको चर्चा गरे ।

रिप्लाई गर्नुहोस