02:31PM
श्रावण ४ गते २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविको बयान सकियो

मंसिर १७ गते २०८१
7:26 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार सोमबार लामिछानेको बयान सकिएको हो । प्रहरीले शुक्रबारबाटै उनको बयान लिइरहेको छ । तर, नसकिएपछि सोमबार पनि सरकारी वकिलको कार्यालयमा लगेको थियो ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो । त्यसअनुसार, लामिछानेलाई १३ मंसिरमा काठमाडौं ल्याइएको थियो । कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याएर उनीमाथि बयान लिइएको हो ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबी राईको नाममा दुई पटक गरेर ४६र४६ लाख रुपैयाँ ऋण गएको अनुसन्धानबाट खुलेको छ । लामिछाने चढ्ने गाडी खरिदका लागि यो ऋण लिएको पाइएको थियो ।बयानपछि लामिछानेलाई फेरि प्रहरीले पोखरा लैजानेछ । सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ । प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ ।

रिप्लाई गर्नुहोस