07:19PM
चैत्र २ गते २०८१

ब्राजिलले र उरुग्वे एक-एक गोलको बराबरी

मंसिर ५ गते २०८१
10:19 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले फेरि बराबरीमा खेलेको छ। ब्राजिलले बुधबार बिहान सकिएको खेलमा उरुग्वेसँग बराबरी खेलेको हो। ब्राजिलले अघिल्लो खेलमा भेनेजुएलासँग बराबरी खेलेको थियो।

घरेलु मैदानमा भएको खेलमा ब्राजिलले एक-एक गोलको बराबरी खेल्यो। खेलमा अग्रता उरुग्वेले लियो। उसका लागि भाल्भेर्डेले ५५ मिनेटमा गोल गरे। ब्राजिलका गेरसनले ६२ मिनेटमा बराबरी गोल फर्काए। दक्षिण अमेरिकी छनोटको अङ्कतालिकामा ब्राजिल १२ खेलबाट १८ अङ्क जोड्दै पाँचौं स्थानमा छ। उरुग्वे भने दोस्रो स्थानमा छ। उसको २० अङ्क छ। शीर्ष स्थानको अर्जेन्टिनाको २५ अङ्क छ।

रिप्लाई गर्नुहोस