02:57PM
कार्तिक २७ गते २०८१

एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन् :प्रधानमन्त्री केपी शर्मा ओली

कार्तिक १० गते २०८१
5:00 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् । शनिबार काठमाडौंमा कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले एमाले र कांग्रेसले लोकतन्त्र मर्न नदिने प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी दल रहेको बताए । उनले सामाजिक र राजनीतिक परिवर्तनमा एमाले र कांग्रेसले असाधारण योगदान गरेको उल्लेख गरे । उनले लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भएको बताए ।
प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले ४० प्रतिशतभन्दा तल झर्न नदिने प्रतिवद्धता जनाए ।

रिप्लाई गर्नुहोस