07:07PM
असार १७ गते २०८२

नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा

कार्तिक ८ गते २०८१
8:41 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । नेपाल समूह बी को विजेता बन्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोलले हरायो । नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता राना मगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १ गोल गरे ।

योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । भुटान समूह बी बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोलले हरायो । समूह ए बाट बङ्गलादेश विजेता बन्दै र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् । अब सेमिफाइनलमा नेपालले भारतसँग र बङ्गलादेशले भुटानसँग खेल्नेछ ।

सेमिफाइनल खेल आउँदो आइतवार हुनेछ । साफ महिला च्याम्पियनशिपको फाइनल खेल आउँदो बुधवार हुनेछ ।

रिप्लाई गर्नुहोस