04:17PM
कार्तिक २७ गते २०८१

वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्ड २४ सै घण्टा सञ्चालन

कार्तिक ७ गते २०८१
7:16 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्ड २४ सै घण्टा सञ्चालन हुने भएको छ । सडक मर्मत गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको वीपी राजमार्ग खुल्ला गरिएको हो ।

बुधवारदेखि राजमार्ग २४ सै घण्टा सुचारु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । असोज ३० देखि राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

रिप्लाई गर्नुहोस