अविरल वर्षा, बाढी पहिरोको परिस्थितिबारे छलफल गर्न प्रचण्डद्वारा सर्वदलीय बैठक आव्हान

काठमाडौँ । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्डले सर्वदलीय बैठक आव्हान गरेका हुन् । बिहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन् । दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी उनले सर्वदलीय बैठक डाकेका हुन् । उक्त बैठक पनि बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न बोलाइएको हो ।
