09:59PM
असार ९ गते २०८२

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान

असाेज १३ गते २०८१
8:07 am
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आज दिउँसो एक बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ ।

अविरल वर्षापछिको बाढीपहिरो एवम् विपद्, उद्धार, जनधनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास निरन्तर भइहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

रिप्लाई गर्नुहोस