रास्वपाको बैठकमा पार्टीको विधान संशोधन सुझाव प्रतिवेदनमाथि छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठकमा पार्टीको विधान संशोधन सुझाव प्रतिवेदनमाथि छलफल भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीको विधान संशोधन सुझाव प्रतिवेदनमाथि छलफल भएको हो ।
यसअघि रास्वपाको बैठक शनिबार पनि बसेको थियो । उक्त बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफलको साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे अपडेट लिइएको थियो ।
