नेपाल प्रिमियर लिग एनपीएलका निम्ति मार्की खेलाडीको टिम छानिए

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलका निम्ति मार्की खेलाडीको टिम छानिएको छ । शनिबार काठमाडौंमा नेपाल क्रिकेट संघ क्यानले लक्की ‘ड्र’मार्फत मार्की खेलाडीको टिम छनोट गरेको हो ।
त्यसानुसार करण केसी काठमाडौं, कुशल भुर्तेल पोखरा, कुशल मल्ल चितवन, सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी बनेका छन् । यस्तै, रोहित पौडेल लुम्बिनी, आसिफ शेख जनकपुर र सोमपाल कामी कर्णालीका निम्ति मार्की खेलाडी बनेका छन् ।
मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको क्यानले जनाएको छ ।
मार्की खेलाडी तीन वर्षका निम्ति फ्रेन्चाइजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न सकिने क्यानले जनाएको छ । नयाँ संस्करणको एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना गरिँदै छ । हिमालयन टेली भ्वाइस
