12:10AM
मंसिर १८ गते २०८१

गोलन्जोर गाउँपालिकामा विशेषज्ञ डाक्टर सहितको नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन

भाद्र २८ गते २०८१
9:51 PM
Author Avatar
आर्थिक मञ्च

सिन्धुली। गाेलन्जाेर गाउँपालिका र संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालय,निजामती कर्मचारी अस्पताल काठमाडौंको संयुक्त आयोजना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा संचालित दुई दिने रोग विशेषज्ञ डाक्टर सहितको निस्शुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रम आज शुक्रबार गोलन्जो गाउपालिका ग्वालटारको कौशिका मा.वि.मा सुरु भएको छ।

निजामती सेवा दिवस २०८१ को अवसरमा नेपाल निजामती कर्मचारी संगठन द्वारा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा हाडजोर्नी तथा नशा रोग सेवा,जनरल मेडिसिन सेवा,स्त्री तथा प्रस्तुति रोग सेवा,छाला रोग सेवा,जनरल सर्जरी सेवा,दन्त रोग सेवा,मनोरोग सेवा,बाल रोग सेवा,आँखा रोग सेवा,फेमिली मेडिसिन सेवा,फिजियोथेरापी सेवा,इ.सि.जी.सेवा,भिडियो एक्सरे सेवा,औषधि वितरण सेवा फार्मेसी सेवा रगत परिक्षण सेवा ल्याव सेवा एक्सरे सेवा,साधारण शल्यक्रिया सेवाहरु उपलब्ध गराईने छ ।

कार्यक्रममा पालिका अध्यक्ष शंकर राज बराल,उपाध्यक्ष ज्वाला न्यौपाने पुकार प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चौधरी,स्वास्थ्य शाखा प्रमुख विरेन्द्र शाह सहित स्वास्थ्यमा कार्यरत सम्पूर्ण कर्मचारी,वडा अध्यक्षहरु, पत्रकार र गोलन्जोर गाउपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागीता थियो ।

स्वास्थ्य शिविर उद्घाटन कार्यक्रम गोलन्जोर गाउपालिकाका अध्यक्ष शंकर राज बरालको अध्यक्षतामा भएको थियो । उहाँले भन्नुभयो रोग सबै मान्छेलाई लाग्छ के रोग लागेको छ भनेर जानकारी पाउनु सबैभन्दा ठुलो कुरा हो । यो शिविरमा धेरै भन्दा धेरै सेवा लिनुहुन्छ भन्ने ठुलो अपेक्षा राखेको छु । भन्दै उद्घाटन कार्यक्रम समापन गर्नु भएको थियोे ।

रिप्लाई गर्नुहोस