07:32PM
चैत्र २ गते २०८१

त्रिभुवन आर्मी फुटबल क्लबले सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित

भाद्र २५ गते २०८१
6:24 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । एन्फा महिला लिग २०८१ फुटबलमा त्रिभुवन आर्मी फुटबल क्लबले सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । आर्मीका लागि दीपा शाहीले एक्लैले पाँच गोल गरिन् । त्यस्तै, अनिता लम्जेलले दुई गोल गर्दा विमला चौधरी, हिमा चौधरी, शान्ति विक, चन्द्रा भण्डारी, सन्जु कुमाल, विमला विक र सावित्री देवी मगरले १–१ गोल गरिन् ।

सुदूरपश्चिमका लागि एकमात्र गोल निलम सिंहले खेलको ६७औं मिनेटमा गरेकी थिइन् । आर्मीले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको हो । पहिलो खेलमा संकटालाई ४–० ले हराएको आर्मीले आफ्नो दोस्रो खेलमा एपीएफसँग २–१ ले पराजित भएको थियो । यससँगै अंकविहीन सुदूरपश्चिम अंक तालिकाको पुछारमा छ । यसअघि सुदूरपश्चिम पहिलो खेलमा बागमती युथ क्लबसाग ५–१ र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग ९–० ले पराजित भएको थियो ।

रिप्लाई गर्नुहोस