02:05PM
कार्तिक २७ गते २०८१

सप्तरीको गाउँपालिकाका तत्कालीन उपाध्यक्ष सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भाद्र २३ गते २०८१
7:30 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तीर्थमान खत्वेसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पालिकाको योजना अनुगमन समितिका संयोजकसमेत रहेका खत्वे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव ११ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । ११ जनाविरुद्ध ६ लाख ४५ हजार ६ सय ६५ रुपैयाँ प्रतिव्यक्ति बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

गाउँपालिकामा सोलार बत्ती जडान गर्ने योजनामा नापी किताबअनुसार कार्य नगरेको तथा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको ठहर गरेको अख्तियारले जनाएको छ ।

रिप्लाई गर्नुहोस