02:47AM
असार ३ गते २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एक्लै लड्ने बताए

भाद्र १८ गते २०८१
7:44 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एक्लै लड्ने बताएका छन् । मंगलबारको पोलिट्ब्युरो बैठकमा ओलीले आगामी निर्वाचनमा गठबन्धन नहुने बताएका हुन् ।

“०८४ को निर्वाचनमा हामी गठबन्धन गर्दैनौँ । एक्ला–एक्लै चुनाव लड्नेछौँ,” ओलीको भनाइ उद्धृत गर्दै पोलिट्ब्युरो सदस्य विशाल भट्टराईले भने । तर, चुनावपछि आवश्यताअनुसार सत्तासहकार्य हुने भनाइ ओलीको छ । ओलीले स्थानीय तहको उपनिर्वाचनमा पनि एमाले एक्लै लड्ने बताएका छन् । आगामी मंसिरमा स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन गर्ने सरकारको तयारी छ । एक नेताका अनुसार उनले आगामी निर्वाचनमा एक्लै लड्ने कांग्रेसको निर्णयको स्वागत समेत रहेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकले पनि आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ । “कांग्रेसले ०८४ को निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ । त्यो स्वागतयोग्य छ । हामी पनि एक्लै लड्नेछौँ । त्यहीअनुसार अघि बढनुपर्छ,” ओलीले बैठकमा भनेका छन् ।

सहमतिअनुसार नै प्रधानमन्त्री पद कांग्रेसलाई हस्तान्तरण गर्ने ओलीले दोहोर्‍याए । केही दिनयता उनले आफ्नो कार्यकाल सकिनु एक हप्ताअघि नै राजीनामा दिने बताउँदै आएका छन् । कांग्रेसलाई विश्वासमा लिएर जान सो कुरा भनिरहेको एमाले नेताहरू नै बताउँछन् । आजको पोलिट्ब्युरो बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् । बुधबार भोलि बस्ने बैठकमा पोलिट्ब्युरो सदस्यहरूलाई बोल्नका लागि तीन मिनेटको समय दिइनेछ । त्यसपछि वार्षिक कार्ययोजनाबारे निर्णय हुने र समसामयिक प्रस्ताव पारित गर्ने तयारी एमालेको छ ।

रिप्लाई गर्नुहोस