03:18PM
चैत्र १४ गते २०८१

भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसरको नयाँ भवन उद्घाटन : प्रधानमन्त्री ओली

भाद्र १० गते २०८१
2:45 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर काठमाण्डौको नयाँ भवन उद्घाटन गर्नुभएको छ । आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भवन उद्घाटन गर्नुभएको हो । २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।

प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि यसमा अत्याधुनिक भवन निर्माण गरिएको हो । भवनमा सामाजिक अपराध, लागूऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासतसहितको संरचना छ ।

यो भवनमा टेकुबाट काठमाण्डौ प्रहरी गएको असार २६ गते नै सरेको थियो । आज औपचारिक उद्घाटन भएको हो ।

रिप्लाई गर्नुहोस