नेप्से ७९ दशमलव ८८ अङ्कले घट्यो
काठमाण्डौ । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ विन्दुमा झरेको छ । ‘प्रि–ओपनिङ’ मा सामान्य बढेको नेप्से बजार बन्द हुने बेलामा उच्च अङ्कले घट्यो ।
आज माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, जलविद्युत्, होटल, फाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । आज मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० अङ्कले घटेको छ । बजार ओरालो लागेको दिन विन नेपाल, उपकार र आत्मनिर्भर लघुवित्त कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।
आज तीन सय ३३ वटा कम्पनीका चार करोड २६ लाख कित्ता शेयर १९ अर्ब ७४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै अपी पावर कम्पनीको ८४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।