02:38AM
मंसिर २९ गते २०८२

संसदीय छानबिन विशेष समितिले रास्वपाका सभापति रवि लामिछाने भोलि बयान लिने

भाद्र ६ गते २०८१
5:44 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग शुक्रबार भोलि दिउँसो २ बजे बयान लिने भएको छ । सहकारीको रकम दुरुपयोग र अपचलनका विषयमा बुझ्न उनलाई बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

बाहिर त्यसबारे धेरै हल्ला र आरोप लगाइएकाले सत्यतथ्य बुझ्न लामिछानेलाई बोलाइएको हो । रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा सहकारी र कास्कीको सूर्यदर्शन सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ऋण प्रवाह भएको विषय बाहिरिएको छ । लामिछाने गोरखा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक हुन् । गोरखा मिडियाका पूर्वसञ्चालक छविराज जोशीलाई पनि भोलि नै सोधपुछका निम्ति बोलाइएको सभापति थापाले बताए ।

रिप्लाई गर्नुहोस