01:42AM
असार ३ गते २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठक बोलायो

भाद्र ४ गते २०८१
10:30 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेले बुधबार बिहान ८ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् । बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बारेमा छलफल हुने छन् ।

यसका साथै केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रम पनि बैठकका एजेन्डा रहेका छन् ।

रिप्लाई गर्नुहोस