10:38PM
चैत्र १३ गते २०८१

नेप्से ३४.२९ अंकले बढेर परिसूचक २९५७.७५ विन्दु पुग्यो

श्रावण ३० गते २०८१
7:21 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से ३४ अंकले बढेको छ । साताको चौथो कारोबार दिन नेप्से ३४.२९ अंकले बढेर परिसूचक २९५७.७५ विन्दुमा उक्लिएको हो ।

बुधबार १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । बजार बढ्दा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआइडीसीएल, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रो, इन्गुवा हाइड्रो र अपर स्याङ्गे हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

बजार बढ्दा लाइफ इन्स्योरेन्स ०.०८, माइक्रो फाइनान्स ०.७० र म्युचअल फन्ड ०.९० प्रतिशतले घट्दा बाँकी समूहको सेयर मूल्य बढेको छ ।

रिप्लाई गर्नुहोस