06:10PM
चैत्र २ गते २०८१

सेयर बजारमा २७ अर्ब २४ करोडको कारोबार

श्रावण २८ गते २०८१
8:08 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कारोबार ‘रेकर्ड’ ब्रेक गरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा २७ अर्ब २४ करोड २० लाख बढीको सेयर खरिद बिक्री भएको छ ।

कारोबारसँगै सेयर बजार पनि ७०.८१ अंकले बढेको छ । आजको कारोबारपश्चात समग्र बजार मापक परिसूचक २९३१.६५ मा कायम छ । आइतबार ९४.५३ अंकले बजार बढ्दा २५ अर्ब ७७ करोडको सेयर खरिद बिक्री भएको थियो ।

यसदिनको कारोबारमा १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन सात वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार बढ्दा उपसूचकतर्फ इन्भेष्टमेन्ट समूह ०.१९ प्रतिशत, म्यानिफ्यक्चरिङ एन्ड प्रोसेसिङ समूह १.१९ प्रतिशतले घटेको छ । बाँकी ११ वटा समूहको परिसूचक बढेको छ ।

रिप्लाई गर्नुहोस