12:41AM
जेठ ११ गते २०८२

नेपाललाई हराउँदै भारतले जित्यो काभा महिला भलिबल नेशन्स लिगको उपाधि

श्रावण २३ गते २०८१
7:30 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगको उपाधि जितेको छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । यस्तै दोस्रो सेट भारतले २५–१४ ले जित्यो । यसैगरी तेस्रो सेट नेपालले २५–२२ ले जित्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपाधि जितेको हो ।

नेपाल इरानलाई हराउँदै र भारत श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए । लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक निकालेको थियो । महिला भलिबलमा भारतमाथि नेपालको‌ त्यो पहिलो जीत थियो । प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, इरान र माल्दिभ्स गरी पाँच वटा देश सहभागी थिए ।

यसअघि सन्‌ २०१९ मा‌ नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद ९साग० को फाइनलमा भारतसँग खेलेको थियो । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा नेपाल भारतसँग ३–२ सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

रिप्लाई गर्नुहोस