02:57PM
चैत्र १४ गते २०८१

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

जेठ २७ गते २०८१
1:51 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्लीका लागि उडेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिँदैछन् ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्किने कार्यक्रम छ ।

रिप्लाई गर्नुहोस