05:50PM
चैत्र २ गते २०८१

सहकारी पीडितलाई तत्काल ५ लाखसम्म बचत फिर्ता गराउँनेः अर्थमन्त्रीको प्रतिबद्धता

जेठ १६ गते २०८१
2:17 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौंः अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् ।

बुधबार पोस्ट बजेट अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए । यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने उनको भनाइ छ ।

‘सहकारीले धेरै राम्रो गरेको हो तर केही सहकारी आफ्नो सिद्धान्तविपरीत चलेकाले यो क्षेत्र बदनाम भएको छ,’ उनले भने, ‘सहकारी सानो सानो पूँजी र शक्तिलाई एकीकृत गरेर ठूलो पूँजी, शक्ति बनाउने माध्यम हो ।’

आम सहकारीका बचतकर्ता चिन्तित हुनुनपर्ने उनले बताए । समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने पनि उनले बताए ।

बजेटमा सहकारीको नियामक गठन गर्ने विषय पनि समेटिएको उनले बताए ।

रिप्लाई गर्नुहोस