07:27AM
जेठ १ गते २०८२

नेप्से परिसूचक ९.५४ अंकले घट्यो ,तीन अर्ब ७० करोड ८४ लाख रुपैयाँको सेयर कारोबार

जेठ २ गते २०८१
8:25 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । लगातार चार दिन बढेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार भने घटेर बन्द भएको छ । नेपाल स्टक एन्सचेन्ज नेप्सेका अनुसार बुधबार नेप्से परिसूचक ९.५४ अंकले घटेर बन्द भएको हो ।यस दिन बजार घटेसँगै करोबार रकम पनि घटेको छ । बुधबार तीन अर्ब ७० करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार भने चार अर्ब आठ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

बुधबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा आएका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन, व्यावार र म्युचुअल फण्ड समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.४० प्रतिशत, व्यापार समूहको ०.१७ प्रतिशत र व्यापार समूहको परिसूचक १.१६ प्रतिशतले घटेको छ । बुधबार उपकार लघुवित्त र युनिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ ।

रिप्लाई गर्नुहोस