09:50PM
चैत्र १३ गते २०८१

एमाले संसदीय दलको बैठकमा सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल

जेठ २ गते २०८१
7:53 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकमा सरकारले मङ्गलवार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले नीति तथा कार्यक्रमउपर सांसदहरूले दिने सुझावको सम्बन्धमा छलफल भएको बताए । उनले नीति तथा कार्यक्रममा सुझावहरूलाई समेट्दा व्यवस्थित हुने भएकाले सोही विषयमा छलफल भएको बताए । उनले संसदीय दलले कांग्रेसले संसद् अवरोधको शृङ्खलालाई अन्त्य गर्नुपर्नेमा जोड दिएको पनि जानकारी दिए ।

बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सम्बन्धमा बोलेको उनले जानकारी दिए । त्यसैगरी नीति तथा कार्यक्रमकै सन्दर्भमा पूर्वअर्थमन्त्री युवराज खतिवडाले पनि धारणा राखेको बर्तौलाले बताए ।

रिप्लाई गर्नुहोस