12:34AM
मंसिर १८ गते २०८१

नेप्से परिसूचक नेप्सशून्य दशमलव २१ अङ्कले घटबढ दुई अर्ब ५४ करोड रुपैयाँमा कारोबार

वैशाख २६ गते २०८१
7:38 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो सामान्य अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव २१ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ६० विन्दुमा झरेको छ । आज फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा सबैभन्दा धेरै उत्पादन समूहको शेयर झन्डै ७० अङ्कले ओरालो लागेको छ ।

आज कुमारी सबल योजनाको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । बजार खासै घटबढ नभएको दिन इन्फिनिटी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज तीन सय पाँच वटा कम्पनीका ५८ लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त कम्पनीको १० करोड रुपैयाँको शेयर खरिदरबिक्री भयो ।

रिप्लाई गर्नुहोस