02:40PM
चैत्र १४ गते २०८१

इलाम २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै १३ वडा गन्न बाँकी

वैशाख १७ गते २०८१
8:50 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ। इलाम २ का ४२ वडामध्ये अब जम्मा १३ वडा गन्न बाँकी छ। इलाम २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।

नेम्वाङले अहिलेसम्म १९११४ मत पाएका छन्। नेम्वाङ र खड्काबीचको मतान्तर ६४३९ छ। उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२६७५ मत पाएका छन्। तेस्रो स्थानमा रहेका मूढा चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९४१० र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३२४२ मत पाएका छन्। अहिले देउमाई ७ सम्मको गणना सकिएको छ। इलाम २ मा जम्मा ६९२८७ मत खसेको थियो। ४४९७२ मत गणना भएको छ।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

रिप्लाई गर्नुहोस