राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका क्रममा निधन भएका डाँगीलाई शहीद घोषणा गर्न माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका क्रममा निधन भएका ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ । बर्दिया मधुवन नगर अध्यक्ष स्वर्गीय डाँगीलाई शहीद घोषणाका लागि माग गरेको हो । राप्रपाले ४० बुँदे माग राखेर चैत २७ गते काठमाडौँमा गरेको आन्दोलनका क्रममा घाइते भएका डाँगीको उपचारका क्रममा निधन भएको थियो ।
शनिबार पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा भक्तपुर जिल्ला समितिले डाँगीको १३ औ दिनको पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जली तथा शोक सभामा राप्रपाका सांसद पशुपति शम्सेर जबराले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गर्नुपर्ने कुनै पनि कारण नरहेको बताए । उनलाई शहीद घोषणा नगरेर सडक र सदनबाट दबाब दिने बताए ।
