08:12AM
जेठ १ गते २०८२

राष्ट्रपतिले उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारलाई स्वीकृति

वैशाख १३ गते २०८१
2:30 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएका छन् । यही वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । सोही निर्वाचनमा सेना परिचालनका लागि सरकारको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले स्वीकृति दिएका हुन् ।

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहालको पत्रको आधारमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

“राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत् २०८१ साल वैशाख १५ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को मिति २०८१र१र१० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २०८१र१र१० को निर्णय तथा प्रधानमन्त्रीको २०८१र१र१० को पत्रको आधारमा उल्लेखित कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,” प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रिप्लाई गर्नुहोस