02:06AM
असार ३ गते २०८२

दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिरको सम्मानमा रात्रिभोजको आयोजना

वैशाख ११ गते २०८१
8:27 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा एक रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधिश, पूर्व प्रधानमन्त्रीहरू, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवम् विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

रात्रिभोजको अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर मंगलबार काठमाडौं आएमा हुन् । उनलाई राष्ट्रपति पौडेलले विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । कतारका अमिर विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीचको प्रतिनिधिमण्डलसहित द्विपक्षीय भेटवार्ता भएको थियो ।

रिप्लाई गर्नुहोस